Logo

२०८३ कार्तिक २१ गते शनिवार

२०८३ कार्तिक २१ गते शनिवार

कात्तिक २४ र २५ गते काठमाडौँको फोहर व्यवस्थापन कार्य प्रभावित हुने

कात्तिक २४ र २५ गते काठमाडौँको फोहर व्यवस्थापन कार्य प्रभावित हुने


  • 260
    Shares

    कात्तिक २४ र २५ गते काठमाडौँको फोहर व्यवस्थापन कार्य प्रभावित हुने
    images

    काठमाडौँ । यही कात्तिक २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। 

    काठमाडौँ महानगरपालिका वातारण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार २४ र २५ गते तिहार पर्वको मुख्य दिन भएकाले फोहोर व्यवस्थापन नहुने भएको हो। 

    तिहारका दुई दिन उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीको समेत बिदा हुने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने उनले बताइन्।

    कात्तिक २६ गतेदेखि नियमित रूपमा फोहर व्यवस्थापनको काम हुने भन्दै २४ र २५ गते सडक तथा सार्वजनिकस्थलमा जथाभावी फोहर नफाली व्यवस्थापन गर्न पनि प्रमुख राईले सम्पूर्ण नगरवासीलाई आग्रह गरेकी छन्। 

    प्रकाशित मिति :कार्तिक २१ २०८३ शनिवार - १४:४१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij