Logo

२०८३ कार्तिक २१ गते शनिवार

२०८३ कार्तिक २१ गते शनिवार

मौसम पूर्वानुमान

पश्चिमी वायुको आंशिक प्रभाव, केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना


  • 288
    Shares

    पश्चिमी वायुको आंशिक प्रभाव, केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

    महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    आज राति कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका साथै बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

    आइतबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोशी र बागमती प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :कार्तिक २१ २०८३ शनिवार - ०७:५८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij