२०८३ कार्तिक २० गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी बिक्री सुरु गरेको सुनका असर्फी शुक्रबार बिक्री नगर्ने भएको छ। मौज्दात सकिएपछि केन्द्रीय बैंकले असर्फी बिक्री बन्द गरेको हो।
राष्ट्र बैंकले बिहीबारदेखि सुनका असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको थियो। पहिलो दिन कर्मचारीसहित ४ हजार ५०० वटा सुनका असर्फी बिक्री भएको राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए।
उनका अनुसार प्रक्रियागत जटिलताका कारण बिक्रीयोग्य असर्फीको संख्या सीमित भएकाले बिहीबार नै मौज्दात सकिएको हो।
राष्ट्र बैंकले बिहीबार प्रतिव्यक्ति एकवटा २.५ ग्रामको सुनको असर्फी ६५ हजार ४०० रुपैयाँमा बिक्री गरेको थियो। त्यस्तै, १० ग्रामको चाँदीको मेडालियन ३ हजार ८०० रुपैयाँमा बिक्री गरिएको थियो।
शुक्रबार भने चाँदीका मेडालियन मात्र बिक्री गरिनेछ। यसको मूल्य प्रतिगोटा ३ हजार ७०० रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij