२०८३ कार्तिक १८ गते बुधवार
काठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किएको घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय समिति गठन गरेको छ।
प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित समिति गठन गरेको हो।
मंगलबार फेरिचेमा एयर डाइनेस्टीको ‘९एन–एओडी’ र फिस्टेल एयरको ‘९एन–एजेआर’ हेलिकप्टर एकापसमा ठोक्किएका थिए। दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने दुई पाइलट र एक यात्रु घाइते भएका थिए।
समितिलाई दुर्घटनाको कारण तथा कारक तत्त्व अध्ययन, विश्लेषण गरी भविष्यमा यस्ता दुर्घटना पुनरावृत्ति रोक्न आवश्यक सुझाव सहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij