Logo

२०८३ आश्विन २६ गते सोमवार

२०८३ आश्विन २६ गते सोमवार

आज (सोमबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक

आज (सोमबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक


  • 386
    Shares

    आज (सोमबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक
    images

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ। 

    कालीमाटीमा आज धेरैजसो तरकारीको भाउ बढेको छ। विशेषगरी हरियो तरकारीको भाउ आकाशिएको हो। केही तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। 

    कालीमाटीमा आज ठूलो नेपाली र ठूलो भारतीय गोलभेँडाको मूल्य समान ६५ रुपैयाँ छ। 

    त्यसैगरी सानो लोकल गोलभेँडा ६२, रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८२, लोकल गाँजर ११०, लोकल बन्दा ५५, स्थानीय काउली १००, हाइब्रिड मुला ५५, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५ रुपैयाँ प्रतिकिलो छ।

    त्यसैगरि तने बोडी १३०, मकै बोडी ११०, करेला ११३, लौका ९५, लोकल परबल ११०, घिरौँला ९५, हरियो डल्ले फर्सी ७५, पाकेको फर्सी ६५, भिन्डी ११०, स्कुस २५, रायो र पालुंगोको साग १३५, कन्य च्याउ २७५, डल्ले च्याउ ५२५, कुरिलो ७५०, न्यूरो ९५, ब्रोकाउली २२५ रुपैयाँ प्रतिकिलो छ।

    यो सबै कालीमाटीको थोक बजारको मूल्य सूची हो। खुद्रा बजारमा यी सबै जसो तरकारीको मूल्य निकै बढी छ। 

    हेर्नुहोस् सबै तरकारी तथा फलफूलको आजको मूल्यसूची

     

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - ०९:१३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij