२०८३ आश्विन २५ गते आइतवार
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानको अल अमिरातमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ । क्यानडाका कप्तान हम्जा तारिकले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन् ।
यो समाचार लेख्दासम्म नेपालले ३ ओभरमा दुई विकेट गुमाएर १० रन जोडेको छ । आसिफ शेख ३ बलमा ४ रन जोडेर पभेलियन फर्किए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij