Logo

२०८३ आश्विन २५ गते आइतवार

२०८३ आश्विन २५ गते आइतवार

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार भयो : बालेन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार भयो : बालेन


  • 414
    Shares

    बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार भयो : बालेन
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार भएको जनाएका छन् । 

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ ।  काठमाडौंमा रहेको संयुक्त द्रुत प्रतिक्रिया टोलीसमेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको छ ।

    बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएको उनले बताए । 

    प्रकाशित मिति :आश्विन २५ २०८३ आइतवार - १०:४१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij