Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

पहिरोका कारण कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? (सूचीसहित)

पहिरोका कारण कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? (सूचीसहित)


  • 386
    Shares

    पहिरोका कारण कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? (सूचीसहित)
    images

    काठमाडौँ । बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू अवरुद्ध हुन पुगेका छन्। पछिल्लो अद्यावधिक विवरण अनुसार रसुवा बाढीका कारण मुख्य राजमार्गका सबै सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध रहेका छन्। 

    यता  धादिङकाे (धुनिबेशी ९, खत्रीपौवामा गएकाे पहिरोका कारण त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालनमा छ।   धादिङकाे गजुरी -५, गलौंदीमा पनि पहिरोका कारण पृथ्वीलोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।   काभ्रेमा पनि बाढीका कारण बिपि राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।  गण्डकी प्रदेश अन्तर्गत म्याग्दीकाे रघुगंगा २, बैसरीमा गएकाे पहिरोका कारण बेनि-जोमसोम सडक खण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।   

    नवलपरासी पूर्वकाे बौदिकाली ३, जन्ती पहिरोमा पहिरोका कारण कालिगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ, जहाँ ठुला गाडीहरू जान नसक्ने अवस्था रहेको छ।   बेशीसहर हुँदै खाङसारसम्म जाने सडक बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ।   

    पहिरोका कारण कालिगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध छ।  भेरी करिडोर सडक खण्ड एकतर्फी सुचारु रहेको छ भने   सल्यानकाे बनगाड कुपिण्डे -११, बालुवासंग्रहीमा पहिरोका कारण बालुवासंग्रही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।   

    841296506_1128169503186826_4119167945017036554_n_wkF7d3yuHS.webp

    प्रकाशित मिति :आश्विन २४ २०८३ शनिवार - ०८:०८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij