२०८३ आश्विन २१ गते बुधवार
काठमाडौं । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । वायुसेनाका अनुसार एटीआर–४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य थिए ।
विमान देशको आर्थिक राजधानी लागोसका लागि नियमित उडानमा थियो ।
विमान उडेको केही समयपछि राडारबाट सम्पर्कविहीन भएको थियो । खोजीका क्रममा यसको भग्नावशेष ओन्डो राज्यको नदी किनारमा रहेको इग्बोकाडा सहरस्थित नौसैनिक अड्डानजिकै फेला परेको अधिकारीहरूले बताएका छन् ।
नाइजेरियाका नागरिक उड्डयनमन्त्री फेस्टस केयामोले सुरुमा विमानमा ३२ जना सवार रहेको बताएका थिए । तर, पछि वायुसेनाले यात्रु र चालक दलसहित २५ जना मात्रै विमानमा रहेको जनाएको थियो ।
नाइजेरियाली वायुसेनाले दुर्घटनाको कारण र परिस्थितिबारे अनुसन्धान गर्न आदेश दिएको छ । दुर्घटनापछि राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij