Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल निलम्बित

सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल निलम्बित


  • 470
    Shares

    सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल निलम्बित
    images

    काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। 

    सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। सशस्त्र प्रहरी बलले गरेको सिफारिशका आधारमा सोमबार गृह मन्त्रालयले दाहाललाई निलम्बर गरेको प्रवक्ता आनन्द काफ्लेले जनाएका छन्। 

    एआईजी दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। छानबिन समितिलाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। 

    गृहले भनेको छ, ‘हरेक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पद अनुसारको आचारण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेकोमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचारण विपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीको लागि मन्त्रालयमा सिपाmरिश प्राप्त भएकोमा उक्त अभियोग उपर जाँचबुझ गर्न यस मन्त्रालयको मिति २०८३/६/१९ गतेको निर्णयानुसार निजलाई निलम्बन गरी तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत तोकिएको बेहोरो सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

    गृह मन्त्रालयका प्रवक्ता काफ्लेले जारी गरेको विज्ञप्तिमा मातहतका कर्मचारीलाई पदीय आचरण विपरीतका कार्य नगर्न सचेत गराइएको छ। ‘हरेक कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरूमाथि गृह मन्त्रालयले सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - २०:३०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij