२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको पहल) सम्बन्धी बैठकमा सहभागी हुन भारत जाने भएका छन् ।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते अर्थात् अक्टोबर १२ मा भारत प्रस्थान गर्ने तयारीमा छन् । भारतमा हुने बैठकमा बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको सहभागिता रहनेछ ।
बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सहभागी हुनेछन् । बैठकमा सदस्य राष्ट्रबीच सुरक्षा तथा आपसी सहयोगका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij