Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

दुर्घटनापछि खानतलासी गर्दा युवकको साथबाट भेटियो पेस्तोल

दुर्घटनापछि खानतलासी गर्दा युवकको साथबाट भेटियो पेस्तोल


  • 393
    Shares

    दुर्घटनापछि खानतलासी गर्दा युवकको साथबाट भेटियो पेस्तोल
    images

    काठमाडौं । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

    गएराति करिब १ बजे जनकपुरबाट घरतर्फ जाँदै गरेको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा मदनपुरका ३३ वर्षीय तुलसी ठाकुर सामान्य घाइते भएका छन् ।

    घटनास्थलमा पुगेको प्रहरीले ठाकुरको शरीर खानतलासी गर्दा एक थान सिक्सर पेस्तोल फेला पारेको हो । पेस्तोलमा गोली भने नभेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी वेद प्रसाद गौतमले जानकारी दिएका छन् ।

    प्रहरीका अनुसार चालकले मादक पदार्थ सेवन गरेको पाइएको छ । मोटरसाइकल, पेस्तोल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

     

     

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १५:४१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij