Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

समाजवादी जागरण अभियानको १५ बुँदे प्रस्ताव सार्वजनिक (प्रस्तावसहित)

समाजवादी जागरण अभियानको १५ बुँदे प्रस्ताव सार्वजनिक (प्रस्तावसहित)


  • 106
    Shares

    समाजवादी जागरण अभियानको १५ बुँदे प्रस्ताव सार्वजनिक (प्रस्तावसहित)
    images

    काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समाजवादी जागरण अभियान गठन भएको छ ।

    सोमबार पत्रकार सम्मेलनमार्फत खनालले अभियान गठन गरिएको जानकारी दिएका हुन् । अभियानको हालै बसेको बैठकले विभिन्न १५ बुँदे प्रस्तावसमेत पारित गरेको छ ।

    पारित प्रस्तावमा देशका कम्युनिस्ट तथा वामपन्थी शक्ति विभिन्न समूहमा विभाजित रहेको भन्दै बृहत् वाम एकता आजको आवश्यकता भएको उल्लेख गरिएको छ । राष्ट्रिय तथा जनहितका मुद्दामा सबै वामपन्थी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न अभियानले आह्वान गरेको छ ।

    अभियानले क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूलाई एकीकृत गर्दै एकीकृत नेकपा निर्माणको दिशामा अघि बढ्न जोड दिएको छ । त्यसका लागि कम्युनिस्ट आन्दोलनका विगतका उपलब्धि, कमजोरी र चुनौतीको समीक्षा गरी वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा संगठनात्मक पुनर्गठन र एकीकरण अघि बढाउन आग्रह गरिएको छ ।

    त्यस्तै, अभियानले नेपाली विशेषताको समाजवादबारे खुला वैचारिक बहस गर्न आह्वान गरेको छ । समाजवादी तथा क्रान्तिकारी शक्तिबीच वैचारिक, सैद्धान्तिक, संगठनात्मक, कार्यशैलीगत र आचरणगत विषयमा खुला तथा नीतिनिष्ठ बहस आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।

     

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १५:३६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij