२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं । नेपाल र चीनबीच खुला रहेको कोरला नाका जोड्ने बेनी-जोमसोम सडक अझै एक साता नखुल्ने भएको छ ।
सडक विभागका अनुसार मालढुङ्गा-बेनी-जोमसोम कोरला सडकखण्डको घासा–कोरला खण्डमा सडक दुईतर्फी सुरु भएको छ । तातोपानी क्षेत्रमा कटानको ब्याक कटिङरटेवा पर्खाल लगाइ यातायात सुरु गरिएको विभागले जनाएको हो ।
रातोपानीमा २ स्थान र भीरकाटे नजिक मानिस समेत हिँड्न नमिल्ने गरी सडक टुटेको छ । बेगखोला नजिक समेत १ सय मिटर सडक पूरै भासिएको विभागले जनाएको छ । बैसेरी भन्ने स्थानमा झन् ठूलो पहिरोले सडक अवरुद्ध गरेको छ ।
विभागका अनुसार पोखरेबगर नजिकै रातोपानी खण्डमा समेत ट्र्याक खुलाइएको छ । कुनेटो भन्ने स्थानमा क्याकफिलिङ गर्ने काम जारी छ । आजबाट मुख्य कटान र पहिरोग्रस्त क्षेत्रमा काम सुरु हुनेसमेत विभागले जनाएको छ । समग्रमा अझै ६ दिन यो खण्ड पुन: सुरु नहुने विभागले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij