Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

दसैँअघि अग्रिम टिकट बुकिङ खुलाउने तयारी

दसैँअघि अग्रिम टिकट बुकिङ खुलाउने तयारी


  • 372
    Shares

    दसैँअघि अग्रिम टिकट बुकिङ खुलाउने तयारी
    images

    काठमाडौं । नजिकिँदै गरेका दसैँ, तिहार र छठलाई लक्षित गरी सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले सरोकारवाला निकायहरूको बैठक बोलाएको छ ।

    विभागले सोमबार  एक पत्र जारी गर्दै चाडपर्वको समयमा काठमाडौं उपत्यकाबाट बाहिर जाने र बाहिरी जिल्लाहरूबाट काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुहरूको यात्रालाई सहज र सुरक्षित बनाउन अग्रिम टिकट बुकिङबारे निर्णय गर्न सरोकारवालाहरूलाई आमन्त्रण गरेको हो ।

    यातायात व्यवस्था विभागको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाकी अधिकृत प्रतिमा ढकालद्वारा हस्ताक्षरित पत्रअनुसार उक्त बैठक असोज २० गते मंगलबार दिनको ११ बजे विभागको मीनभवनस्थित सभा हलमा बस्ने तय भएको छ ।

    image-1_FqBlNZTG8M.webp

     

     

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १३:२९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij