२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट पदाधिकारीमा वरिष्ठ उपसभापति पद सिर्जना गर्ने भएको छ ।
यसअघि कांग्रेसको पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षमात्र समावेश गरिएको थियो ।
१५औँ महाधिवेशनबाट कांग्रेसले पदाधिकारी संख्या बढाउनुका साथै वरिष्ठ उपसभापति पदसमेत थप्ने तयारी गरेको हो । महाधिवेशनको बन्दसत्रले पारित गरेपछि यो व्यवस्था लागु हुनेछ । पार्टीभित्र पदाधिकारीमा आकाङ्क्षी बढेपछि पदाधिकारीको संख्याका साथै पदसमेत थप गरिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij