Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

कांग्रेसको नयाँ आकार : यस्तो बन्दैछ पदाधिकारीसहित २३२ सदस्यीय केन्द्रीय समिति

कांग्रेसको नयाँ आकार : यस्तो बन्दैछ पदाधिकारीसहित २३२ सदस्यीय केन्द्रीय समिति


  • 260
    Shares

    कांग्रेसको नयाँ आकार : यस्तो बन्दैछ पदाधिकारीसहित २३२ सदस्यीय केन्द्रीय समिति
    images

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ। सोमबार महाधिवेशनस्थल खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले नयाँ सांगठनिक संरचना टुंगो लगाएको हो।

    बैठकले १ सभापति, १ वरिष्ठ उपसभापति, ३ उपसभापति, ३ महामन्त्री, १५ सहमहामन्त्री र १ कोषाध्यक्ष गरी २४ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको छ। साथै, पार्टीमा १ जना प्रवक्ता रहनेछन्। हाल विधानमा २ उपसभापति र २ महामन्त्रीको व्यवस्था छ।

    उपसभापति र महामन्त्रीको संख्या ३–३ पुर्‍याउने तथा सहमहामन्त्रीको संख्या ८ बाट बढाएर १५ पुर्‍याउने निर्णय भएको छ। नयाँ व्यवस्थाअनुसार ४ जना सहमहामन्त्री महिला मनोनीत हुनेछन्। पार्टीभित्र पदाधिकारीका आकांक्षी धेरै भएपछि संख्या बढाएर व्यवस्थापन गर्न खोजिएको एक नेताले बताएका छन्।

    त्यस्तै, कांग्रेसको केन्द्रीय समिति २३२ सदस्यीय हुने भएको छ। त्यसमध्ये १७१ जना निर्वाचित र ६१ जना मनोनीत हुनेछन्। निर्वाचित सदस्यमा प्रत्यक्ष खुलातर्फ ४५, महिला १२, प्रदेशतर्फ २८, दलित १२, आदिवासी जनजाति १७ र खसआर्यतर्फ १५ जना रहनेछन्।

    मधेसीतर्फ ११, थारुतर्फ ५, मुस्लिमतर्फ ३, पिछडिएको क्षेत्रतर्फ २ तथा अल्पसंख्यक र अपांगतातर्फ १–१ जना निर्वाचित हुनेछन्। श्रमिकतर्फ ३, पेशागततर्फ ७ र युवा (प्रदेश) तर्फ २१ जना निर्वाचित हुने व्यवस्था गरिएको छ। प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित र सहिद परिवारबाट ३ जना निर्वाचित हुनेछन्।

    केन्द्रीय समिति बैठकले पारित गरेको पदाधिकारी तथा केन्द्रीय सदस्यसम्बन्धी नयाँ संरचना महाधिवेशनको बन्दसत्रबाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा आउनेछ।  

     

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १२:३४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij