२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं । इन्टर्न तथा आवासीय चिकित्सकसँग भएको सहमति कार्यान्वयन नभएपछि डा। डिल्ली हरिजनले फेरि अनशन सुरु गरेका छन्।
सोमबारदेखि डा. हरिजनले भक्तपुरको सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगमा आमरण अनशन सुरु गरेका हुन्र उनी यसअघि पनि अनशनमा बसेका थिए।
त्यतिबेला सरकारले डा. हरिजनसँग पाँच बुँदे सहमति गरेको थियो। तर, सहमति भएको दुई महिना बितिसक्दा पनि कार्यान्वयन नभएपछि फेरि अनशन थालेको उनले बताएका छन्।
इन्टर्न तथा आवासीय चिकित्सकहरू ३६ घण्टासम्म लगातार ड्युटी गर्नुपर्ने अवस्थासहित कठिन परिस्थितिमा सेवा दिइरहेको उनले उल्लेख गरेका छन्। ‘चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता, सुरक्षित कार्य वातावरण तथा अन्य जायज विषयमा पटक-पटक आवाज उठाउँदा पनि अपेक्षित सुधार नदेखिनु दुःखद् छ,’ डा. हरिजनले भने।
माग पूरा गर्न सडकदेखि सदनसम्म र संवाददेखि आमरण अनशनसम्म विभिन्न लोकतान्त्रिक तथा शान्तिपूर्ण माध्यम अपनाएको उनले जनाएका छन्। उनले तत्काल माग सम्बोधन गर्न आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij