२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाएर २३ सदस्यीय बनाउने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले हाल कायम १४ सदस्यीय पदाधिकारी संरचनालाई विस्तार गर्ने निर्णय गरेको हो।
एक कांग्रेस नेताका अनुसार पार्टीभित्र पदाधिकारीका आकांक्षीको संख्या बढेपछि व्यवस्थापनका लागि पद संख्या थप गर्ने निर्णय गरिएको हो। प्रस्तावित संरचनाअनुसार अब १ सभापति, ३ उपसभापति, ३ महामन्त्री, १४ सहमहामन्त्री र १ कोषाध्यक्ष रहनेछन्।
हाल कांग्रेसमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ कोषाध्यक्ष गरी १४ पदाधिकारी छन्।
केन्द्रीय समिति बैठकको निर्णय महाधिवेशनको बन्दसत्रबाट पारित भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा आउनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij