Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक


  • 351
    Shares

    प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक
    images

    काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको हो ।

    सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बस्न लागेको स्रोतले बताए । सर्वोच्च अदालतमा हाल चार न्यायाधीश पद रिक्त छन् ।

    प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको परिषद्‍मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन् ।  

     

     

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - ११:३९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij