Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

बन्दागोभीले छोपेर ल्याइएको २६ सय किलो गाँजा बरामद

बन्दागोभीले छोपेर ल्याइएको २६ सय किलो गाँजा बरामद


  • 113
    Shares

    बन्दागोभीले छोपेर ल्याइएको २६ सय किलो गाँजा बरामद
    images

    काठमाडौं । सुनसरीमा ट्रकबाट ठूलो परिमाणको गाँजा बरामद भएको छ । पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना७ख १८२५ नम्बरको ट्रकबाट २ हजार ५६६ केजी गाँजा बरामद भएको सुनसरी प्रहरीले जनाएको हो ।

    प्रहरीका अनुसार बन्दागोभीले छोपेर ढुवानी गरिरहेको अवस्थामा ट्रकभित्रबाट ६३ वटा बोरामा उक्त परिमाणको गाँजा बरामद भएको हो ।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको इनरुवा नगरपालिका(३ सखुवागाछीमा ट्रक चेक गर्ने क्रममा गए राति उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

    प्रहरीका अनुसार ट्रक चालक धनकुटाको शहीदभूमि गाउँपालिका-२ का ३३ वर्षीय राजु राई र सोही ठाउँका सहचालक १८ वर्षी सन्दीप राईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

     

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - ११:०९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij