Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र, असोज २२ गते निर्वाचन हुने

कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र, असोज २२ गते निर्वाचन हुने


  • 274
    Shares

    कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र, असोज २२ गते निर्वाचन हुने
    images

    काठमाडौं । नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने भएको छ ।

    कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदन उपर केन्द्रीय कार्यसमितिमा छलफल भएपछि बन्दसत्र सुरु गरिने जानकारी दिए ।

    कांग्रेसले बन्दसत्र अगाडि आज बिहान १० बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन र महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।

    बन्दसत्रमा सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीलाई तीन हलमा राखेर बन्दसत्रमा भाग गराइनेछ । यस्तै, कांग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिले पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले आज बेलुका ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिए ।

    उनका अनुसार आज बेलुका ५ बजे मतदाता नामावली प्रकाशन, ५ देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशन उपर दाबी विरोध, बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

    यस्तै, भोलि २० गते विहान १० देखि ३ बजेसम्म उम्मेदवारी मनोनयन, अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्ने ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबी विरोध, बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

    यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने र असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।

    मतदानका लागि भने राष्ट्रिय सभा गृह, खुल्लामञ्च र प्रज्ञा भवनमा तोकिएको छ । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - १०:२३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij