Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

आज (सोमबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज (सोमबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल


  • 260
    Shares

    आज (सोमबार) कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
    images

    आजको पञ्चाङ्ग

    वि.सं.२०८३ साल असोज १९ गते । सोमबार । इस्वी सन् २०२६ अक्टोबर ५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–दशमी, रातको २ बजेर ५६ मिनेट उप्रान्त एकादशी । नक्षत्र–तिष्य, रातको १ बजेर १ मिनेट उप्रान्त अश्लेषा । योग–शिव, दिउँसो १२ बजेर ४९ मिनेट उप्रान्त सिद्ध । करण–वणिज, बेलुकी ४ बजेर ० मिनेट उप्रान्त भद्रा, रातको २ बजेर ५६ मिनेट उप्रान्त बव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कर्कट । दशमी श्राद्ध ।

    काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ४४ मिनेट । दिनमान २९ घडी २४ पला ।
     
    आजको बार बेला ।
    • बिहान ५ बजेर ५९ मिनेटसम्म अमृत बेला ।
    • बिहान ६ बजेर ० मिनेटदेखि बिहान ७ बजेर २७ मिनेटसम्म काल बेला ।
    • बिहान ७ बजेर २८ मिनेटदेखि बिहान ८ बजेर ५५ मिनेटसम्म शुभ बेला ।
    • बिहान ८ बजेर ५६ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म रोग बेला ।
    • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५१ मिनेटसम्म उद्वेग बेला ।
    • बिहान ११ बजेर ५२ मिनेटदेखि दिउँसो १ बजेर २० मिनेटसम्म चर बेला ।
    • दिउँसो १ बजेर २१ मिनेटदेखि दिउँसो २ बजेर ४८ मिनेटसम्म लाभ बेला ।
    • दिउँसो २ बजेर ४९ मिनेटदेखि बेलुकी ४ बजेर १६ मिनेटसम्म अमृत बेला ।
    • बेलुकी ४ बजेर १७ मिनेटदेखि बेलुकी ७ बजेर १६  मिनेटसम्म चर बेला ।

    नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

    राहुकाल

    बिहान ७ बजेर २६ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म राहुकाल रहनेछ ।

    नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

    ब्रहा मुहूर्त

    बिहान ४ बजेर २३ मिनेटदेखि बिहान ५ बजेर ११ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

    आजको राशिफल

    मेष:

    आँटे-ताकेको कार्यमा ढिलाइ भए पनि पूरा नै होला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। रोकिएको वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम सम्बन्धको कोपिला फक्रनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।

    वृष:

    काममा ढिलासुस्ती हुनेछ। पुरानो रोगले दु:ख दिन सक्छ। अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ला। सानो भुलका कारण अपमानित बन्न सक्नुहुन्छ। साँझमा आर्थिक कारोबार गर्दा सफलता मिल्नेछ।

    मिथुन:

    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुनेछ। मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। आफन्तले पनि सहयोग नै गर्नेछन्।

    कर्कट:

    नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। मनमा उत्साह बढ्नुका साथै बोली बिक्ने समय छ। नियमितभन्दा आज खर्च बढ्न सक्छ।

    सिंह:

    दिन सकारात्मक छ। मित्र वर्ग वा हितैषीबाट राम्रो सहयोग मिल्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। इच्छा, आकाङ्क्षा पूर्ण हुनेछन्। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग छ।

    कन्या:

    धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनोरञ्जनमा सहभागी भइएला। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ।

    तुला:

    प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक क्षेत्रको अधुरो काम अघि बढ्नेछ। भौतिक सम्पत्ति खरिद तथा बिक्रीको योग छ।

    वृश्चिक:

    आम्दानी घट्दा दैनिक खर्चको जोहोमा समस्या हुन सक्छ। सरकारी निकायको भय रहला। घरपरिवारमा झैझमेलाको अवस्था आउन सक्छ। स्वास्थ्यमा समस्या आउनेछ। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ।

    धनु:

    धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आजको मन्त्र- ढिलो भए पनि पहाड चढिन्छ।

    मकर:

    लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। साथीभाइसँग राम्रो समय बित्नेछ।

    कुम्भ:

    आत्मबल बढ्दो छ तर मन थकित छ। आफूलाई समय दिनुहोस्। कसैलाई क्षमा गर्नु आजको सबैभन्दा ठूलो जित हुनेछ। स्वास्थ्य पनि प्रतिकूल रहन सक्नेछ, अतः बढी सजग रहनु उचित हुने देखिन्छ। मन्दिरको दर्शन भने अवश्य हुनेछ।

    मीन:

    शुभ कार्यको लागि यात्रा हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। लगनशीलताले कामहरू पनि अगाडि बढ्नेछन्। आज सत्य बोल्दिनाले अधिक लाभ र सफलता मिल्नेछ।

    प्रकाशित मिति :आश्विन १९ २०८३ सोमवार - ०५:३९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij