Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

कांग्रेसको महाधिवेशनमा प्रचण्ड जाने, ओली नजाने

कांग्रेसको महाधिवेशनमा प्रचण्ड जाने, ओली नजाने


  • 274
    Shares

    कांग्रेसको महाधिवेशनमा प्रचण्ड जाने, ओली नजाने
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन समारोहमा अतिथिका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । 

    अध्यक्ष ओलीको साटो महाधिवेशनमा शुभकामना दिन महासचिव शंकर पोखरेल जाने तय भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । महाधिवेशन आज आइतबार दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा उद्घाटन हुदैछ । 

    यसैबिच नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सहभागी हुने उनको सचिवालयले जनाएको छ । 

    ‘अहिलेसम्म जाने भन्ने छ । केही अपर्झट भएन भने जानुहुन्छ’, प्रचण्डको सचिवालयको भनाइ छ । कांग्रेसले महाधिवेशनमा शुभकामना दिन प्राय सबै दलका नेताहरूलाई निम्तो दिएको जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - ११:०५:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij