२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् ।
धादिङ क्षेत्र नं.२ बाट खुला महिलातर्फ सर्वाधिक मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित थापामगरले खुला महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी हुन् ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली लोकदोहोरी क्षेत्रमा सक्रिय थापामगरका थुप्रै लोकदोहोरी गीत चर्चित छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij