Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

मौसम पूर्वानुमान

आज कहाँ-कहाँ हुन सक्छ वर्षा ?

आज कहाँ-कहाँ हुन सक्छ वर्षा ?


  • 309
    Shares

    आज कहाँ-कहाँ हुन सक्छ वर्षा ?
    images

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

    त्यस्तै, कोसी, मधेस, वाग्मती प्रदेशका सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भागमा भने मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।

    आइतबार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमामा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

    प्रकाशित मिति :आश्विन १८ २०८३ आइतवार - ०७:५३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij