Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

आक्रमणपछि पनि यात्रु बचाउन अडिग भारतीय पाइलट

आक्रमणपछि पनि यात्रु बचाउन अडिग भारतीय पाइलट


  • 316
    Shares

    आक्रमणपछि पनि यात्रु बचाउन अडिग भारतीय पाइलट
    images

    काठमाडौं । फ्लाई दुबई विमानका भारतीय पाइलट स्मित मच्छारले आफ्नै सहचालकबाट ज्यानै लिने गरी भएको आक्रमणका बाबजुद अन्य यात्रुको ज्यान जोगाउन ककपिटको ढोका खोलेको बताएका छन्।

    घाइते अवस्थामै रहेका क्याप्टेन मच्छारले आफूमाथि निरन्तर आक्रमण भइरहेको र १७० भन्दा बढी यात्रु सवार विमान दुर्घटनातर्फ गइरहेको महसुस भएपछि आफूले ढोका खोल्ने अन्तिम प्रयास गरेको जानकारी दिएका हुन्। 

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भिडियो कलका क्रममा उनले ककपिटभित्र घाइते भएर भुइँमा लडिरहेको अवस्थामा पनि अरूलाई मर्न नदिने उद्देश्यले अन्तिम शक्ति लगाएर भित्रबाट ढोका खोलेको बताए। ढोका खुलेपछि अन्य यात्रुहरू भित्र छिरेर सहचालकलाई नियन्त्रणमा लिन सफल भएको र आफूले आफ्नो ज्यान बचाउनुका साथै अरूको जीवन रक्षाका लागि संघर्ष गरेको उनले उल्लेख गरे।

    दुबईबाट तेल अभिभका लागि उडान भरेको फ्लाई दुबईको ‘एफजेट १०७३’ उडान उडेको साढे दुई घण्टापछि ५,२०० मिटर अर्थात् १७ हजार फिटभन्दा बढी तल खसेको थियो। विमानले सुरुमा एयर ट्राफिक कन्ट्रोललाई संकटको संकेत पठाएको थियो भने लगत्तै अपहरण वा नियन्त्रण कब्जा भएको बुझाउने ‘स्क्वक ७५००’ कोडमा पठाएको थियो। 

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पछि मिडियालाई दिएको जानकारी अनुसार एक पाइलटले अर्का पाइलटलाई छुरा प्रहार गरी विमान दुर्घटना गराउने प्रयास गरेका थिए।

    विमानमा यात्रुका रूपमा सवार दुई जना पूर्वसैनिक पाइलट र अन्य यात्रुहरू मिलेर आक्रमणकारी सहचालकलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि पूर्वसैनिक पाइलटहरूले बिहान स्थानीय समय अनुसार ६:५८ बजे उत्तर-पश्चिमी साउदी अरबको तबुक विमानस्थलमा विमानलाई सुरक्षित रूपमा अवतरण गराएका थिए।

    इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा ‘सच्चा नायक’ भनी प्रशंसा गरिएका क्याप्टेन मच्छारलाई सुरुमा तबुकको अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो र पछि थप उपचारका लागि अबु धाबी लगिएको छ। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ। १७ वर्षदेखि उडान भरिरहेका मच्छारले आँखा बन्द गरेर पनि विमानमा के भइरहेछ भन्ने थाहा पाउने क्षमता आफूमा रहेको बताए।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाइलट मच्छारको साहस, धैर्य र द्रुत निर्णय क्षमताले गर्दा कैयौँ मानिसको ज्यान जोगिएको भन्दै सम्पूर्ण देशलाई उनीप्रति गर्व रहेको बताएका छन्। युएईस्थित भारतीय दूतावासले मच्छारको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएको छ। उपचाररत क्याप्टेन मच्छारले आफूलाई लागेको चोटलाई यात्राको एक हिस्साका रूपमा लिएको र चाँडै निको भएर पुनः उडान भर्ने विश्वास व्यक्त गरेका छन्।

    एजेन्सी

     

    प्रकाशित मिति :आश्विन १६ २०८३ शुक्रवार - १५:१९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij