२०८३ आश्विन १५ गते बिहिवार
काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष डा.धवलशमशेर जबराले नेपालमा पछिल्लो समय लोभ, लालच र प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गतिविधि बढेको बताएका छन्। बिहीवार पार्टीको काठमाडौ जिल्ला समितिको तदर्थ समिति गठन कार्यक्रममा उहाँले यस्तो बताएका हुन् ।
उनले धर्मान्तरण नरोकिए बहुसंख्यक रहेको हिन्दु अल्पमतमा पर्ने खतरा रहेको बताए । धर्मान्तरण रोक्न आन्दोलन नै गर्नुपर्ने आवश्यक्ता देखिएको उनको भनाई छ । जय नेपाल पार्टीको मुख्य एजेण्डा नै संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्यको पुनःस्थापना भएकोले सोही उद्देश्यसहित अगाडी बढ्नुपर्ने बताए । उनले पार्टी हिन्दु अधिराज्यको पक्षमा रहेपनि अन्य धर्मावलम्बीलाई धार्मिक गतिविधि गर्न कुनै अवरोध गर्ने बताए ।
उनले पार्टीले आगामी सबै निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा पनि गरे । दुईदेखि तीन महिनाभित्र देशभरका जिल्ला, नगर, निर्वाचन क्षेत्र र गाउँपालिकामा तदर्थ समिति गठन गरि स्थानिय तहको निर्वाचनको तयारी थाल्ने उनको भनाई छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij