Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

भन्सार छलेर ल्याएको १५ बोरा घडीसहित एक जना पक्राउ

भन्सार छलेर ल्याएको १५ बोरा घडीसहित एक जना पक्राउ


  • 281
    Shares

    भन्सार छलेर ल्याएको १५ बोरा घडीसहित एक जना पक्राउ
    images

    काठमाडौं । भन्सार छलि गरि ल्याएको १५ बोरा घडी लगायतका सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    बिहीबार बिहान काठमाडौंको चन्द्रागिरी चेक प्वाइन्टमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बाप्र ०३-००१ ख ३४९३ यात्रुवाहक बसमा सो सामान फेला परेको हो।

    प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्कीमा बिल बीजक बिनाको १५ बोरा विभिन्न कम्पनीको घडी, ४ कार्टुन अमूल चीज, ३ कार्टुन अमूल क्रिम र मिल्किस्ट बिस्कुट १ कार्टुन फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

     

     

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १६:५५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij