Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल

फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल


  • 302
    Shares

    फिजी भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल
    images

    काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल प्रि–कोप सम्मेलनमा सहभागी हुनका लागि फिजी जाने भएका छन्।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी शनिबार फिजिका लागि प्रस्थान गर्नेछन् । मन्त्रालयले मन्त्रीको भ्रमणबारे आधिकारिक जानकारी भने गराएको छैन। नोभेम्बर ९ देखि टर्कीमा हुने कोप–३१ को सम्मेलनअघि त्यसको तयारी बैठक फिजिमा बस्दैछ । सो बैठकमा सहभागी हुन उनी त्यहाँ जान लागेको स्रोतले बतायो।

    जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका महासन्धीअन्तर्गत आयोजना हुने कोप सम्मेलन हुनुभन्दा एक महिनाअघि प्रि–कोप सम्मेलन हुँदै आएको छ।

    कोप सम्मेलनमा छलफल हुने एजेन्डाहरू प्रि–कोपमा तय हुने गरेका छन्। जलवायु वित्त, हानि तथा क्षति, कार्बन उत्सर्जन कटौतीलगायतको विषयमा कोप सम्मेलनमा छलफल हुने गरेको छ । तर त्यसका जटिल विषयहरू प्रि–कोप सम्मेलनबाट टुंगो लगाउने गरिएको छ । 

    कोप सम्मेलनको क्रममा सबै कुरामा विस्तृत छलफल गर्न नभ्याइने भएकाले ती विषयहरूमा प्रि–कोप सम्मेलनमा नै छलफल गरेर टुंगो लगाइने गरेको छ।

    यो सम्मेलनका लागि नेपाल तयारीमा जुटेको छ । नोभेम्बर ९ देखि टर्कीमा सुरु हुने कोप–३१ मा नेपालबाट कसले नेतृत्व गरेर जाने अझै टुंगो लागेको छैन। टर्कीबाट प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहलाई निमन्त्रणा आएको छ । तर प्रधानमन्त्री जानेरनजाने टुंगो लागेको छैन। 

    नेपालमा गत भदौ १० गते आएको बाढी कारण ठुलो क्षति भएको छ । त्यो बाढी जलवायु परिवर्तनका कारण भएकाले नेपालले क्षतिपूर्तिलगायत कार्बन उत्सर्जन, जलवायु वित्तको विषयमा कुरा राख्ने बताइएको छ । 

    केही समयअघि सकिएको संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालले जलवायु परिवर्तनको विषयलाई प्राथमिकतामा राखेको थियो। 

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १६:२३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij