Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्ने तयारी

संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्ने तयारी


  • 246
    Shares

    संसद्को चालु अधिवेशन असोज १६ गतेदेखि अन्त्य गर्ने तयारी
    images

    काठमाडौं । सरकारले शुक्रबार रातिदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। 

    असोज १६ गते राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति कार्यालयमा सिफारिस गरेको हो।

    गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जानकारी दिएकी छन्।

    सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। संघीय संसद्को चालु अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको हो। 

    चालु अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित केही कानुनहरू बनेका छन्। त्यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेशहरू पनि स्वीकृत भएका छन्।

    यस बिचमा धेरै विधेयक संसद्‍मा पेस भएका छन्। आज पनि केही विधेयक संसद्‍मा पेस गर्ने कार्यसूची छ। 

    चालु अधिवेशनमा सरकारले ल्याएका बजेट र बजेटसँग सम्बन्धित कानुनहरू बनेका छन्। त्यसबाहेक सरकारले संसद् अधिवेशन नरहेका बेला ल्याएका अध्यादेश स्वीकृत भएका छन्। यस बिचमा धेरै विधेयक संसद्मा पेस भएका छन्। आज पनि केही विधेयक संसद्मा पेस गर्ने कार्यसूची छ। 

    चालु अधिवेशनमा गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘भारतले मात्रै होइन, नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भनेर दिएको अभिव्यक्ति निकै विवादित बन्यो। 

    यस विषयमा विपक्षी दलका सांसदले प्रधानमन्त्री शाहको चर्को आलोचना गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले फेरि संसद्‍मै बोलेर आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै आएका छन्। 

    सांसदको माग बमोजिम सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई सांसदका प्रश्नको जबाफ दिन रुलिङसमेत गरेका थिए।

    त्यसअनुसार प्रधानमन्त्री शाहले गत भदौ १० गते संसद्‍मा सम्बोधन गर्ने तयारीसमेत गरेका थिए। तर, सोही दिन रसुवाको भोटेकोसी नदीमा आएको विनासकारी बाढी धेरै जनधनको क्षति भएपछि प्रधानमन्त्रीले गर्ने भनेको सम्बोधन कार्यक्रम स्थगित भयो। 

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १२:२४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij