२०८३ आश्विन १५ गते बिहिवार
काठमाडौं । पर्साको धोबिनी गाउँपालिका–५ मा डकैती गर्न आएका समूहसँग प्रतिकार गर्दा ६२ वर्षीया लखरजिया देवीको मृत्यु भएको खुलेको छ।
५ असोज बिहान घरको दोस्रो तलामा मृत भेटिएकी लखरजियाको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा डकैती गर्न आएका तीन युवाको आक्रमणबाट उनको मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न आरोपमा प्रहरीले १८ वर्षीय चन्दन कुमार पटेल, राज कपुर बैठा र रामु पासवानलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट चोरी गरिएका सुनका चुरा, नगद, चक्कु, पिलासलगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तीनै जनाले राति घरमा प्रवेश गरी दराज तथा बक्सा फुटाएर पैसा र गरगहना चोरी गरिरहेका बेला लखरजियाले थाहा पाएपछि प्रतिकार गरेकी थिइन्। त्यसक्रममा भएको आक्रमणबाट उनको मृत्यु भएको हो। पक्राउ परेकाविरुद्ध हत्या कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij