Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

थापाथलीमा मोटरसाइकल दुर्घटना, १ युवकको मृत्यु, ३ जना घाइते

थापाथलीमा मोटरसाइकल दुर्घटना, १ युवकको मृत्यु, ३ जना घाइते


  • 176
    Shares

    थापाथलीमा मोटरसाइकल दुर्घटना, १ युवकको मृत्यु, ३ जना घाइते
    images

    काठमाडौं । काठमाडौंको थापाथलीमा गएराति भएको सवारी दुर्घटनामा १ युवकको मृत्यु भएको छ। दुर्घटनामा अन्य ३ जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

    बुद्धनगर-थापाथली सडक खण्डमा पर्ने काठमाडौं महानगरपालिका-११ स्थित थापाथली राम मन्दिरबाट रोजबड स्कुल जाने पुल नजिक राति करिब १२ बजेतिर मोटरसाइकल र स्कुटर ठोक्किएका हुन्। 

    प्रहरीका अनुसार शंखमूलतर्फबाट थापाथलीतर्फ गइहेको बा.४१ प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुरुमा रोजबड स्कुल नजिकको पुलको रेलिङमा ठोक्किएको थियो। 

    सोही ठाउँमा विपरीत दिशाबाट आउँदै गरेको बा. प्र.०२०६२ प ९६३१ नम्बरको स्कुटरसमेत ठोक्किँदा दुर्घटना भएको हो। 

    दुर्घटनामा मोटरसाइकलमा सवार रौतहट कटहरिया नगरपालिका-२ घर भएका २६ वर्षीय चन्द्रमान दास तत्माको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए। 

    गभीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको हो। 

    दासलाई प्रहरीले सुरुमा उपचारको लागि राष्ट्रिय ट्रमा सेन्ट्ररमा लगेको थियो। तर, त्यहाँ आईसीयू बेड खाली नभएपछि अन्नपूर्ण अस्पताल लगिएको थियो।

    उपचारको क्रममा राति १:१० बजे उनलाई डाक्टरले मृत  घोषणा गरेका हुन्। दासको शव पोस्टमार्टमको लागि शिक्षण अस्पताल पठाएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा मोटरसाइकलमै सवार २५ वर्षीय दिपेन्द्र दास, स्कुटर चालक चितवन घर भई हाल काठमाडौं सतुंगल बस्ने २३ वर्षीय सुदिप श्रेष्ठ र स्कुटरको पछाडि सवार सर्लाही घर भई हाल शंखमूल बस्ने २८ वर्षीय मोहन साह घाइते भएका छन्।  उनीहरू उपचारपछि अस्पतालबाट डिस्चार्जसमेत भइसकेका एसपी थापाले बताए। 

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १२:०९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij