Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

फ्लाई दुबईका पाइलटलाई को-पाइलटले गरे चक्कु प्रहार, कस्तो छ अवस्था ?

फ्लाई दुबईका पाइलटलाई को-पाइलटले गरे चक्कु प्रहार, कस्तो छ अवस्था ?


  • 232
    Shares

    फ्लाई दुबईका पाइलटलाई को-पाइलटले  गरे चक्कु प्रहार, कस्तो छ अवस्था ?
    images

    साउदी अरबस्थित भारतीय दूतावासले को-पाइलटले ककपिटमै चक्कु प्रहार गर्दा पनि फ्लाई दुबई दुर्घटना हुनबाट जोगाएका भारतीय क्याप्टेन स्मित माछारको स्वास्थ्य अवस्थाबारे अपडेट सार्वजनिक गरेको छ। 

    दूतावासले पाइलटलाई साउदी अरबको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताएको छ।

    भारतीय दूतावासले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा पोस्ट गरेको छ, ‘दूतावासले फ्लाई दुबई उडानका बहादुर भारतीय पाइलट स्मित माछारको स्वास्थ्य अवस्थाको नजिकबाट निगरानी गरिरहेको छ। उनी उत्तरपश्चिमी साउदी अरबको ताबुकस्थित अस्पतालमा भर्ना भएका छन् र आवश्यक उपचार गराइरहेका छन्।’

    दूतावासले अगाडि भनेको छ, ‘उनको स्वास्थ्य अवस्थाबारे पूर्ण जानकारी आउन बाँकी छ, तर उनको अवस्था स्थिर रहेको रिपोर्ट गरिएको छ। हामी आशा गर्छौं- उनी सकेसम्म चाँडो आफ्नो चोटबाट निको हुनेछन्। हामी उनको परिवारसँग सम्पर्कमा छौँ र उनीहरूलाई विश्वास दिलाउँछौँ कि हामी साउदी अधिकारीहरूबाट उनको स्वास्थ्य अवस्थाबारे अद्यावधिक जानकारी लिइरहेनेछौँ र उनको उपचारका लागि सम्भव सबै सहयोग गर्नेछौँ।’

    यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्मित माछारको प्रशंसा गर्दै उनलाई ‘नायक’ भनेका थिए।

    बुधबार १८० यात्रु लिएर यूएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाई दुबईको विमानका को-पाइलटले पाइलट स्मितलाई चक्कुले हानेपछि विमान साउदी अरबमा लगेर अवतरण गराइएको थियो। यात्रुसमेतको सहयोगमा पाइलट स्मितले विमानलाई दुर्घटनाबाट बचाएका थिए। अहिले उनको विश्वभर प्रशंसा भइरहेको छ। 

    इजरायली अधिकारीहरूका अनुसार पाइलट स्मितलाई चक्कुले आक्रमण गर्ने को-पाइलट ओमानी नागरिक हुन्। उनलाई को-पाइलटले विमान उडिरहेकै बेला किन चक्कुले हाने भन्ने विषयमा वास्तविकता बाहिर आउन बाँकी नै छ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार ‘चक्कुले आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको छ र हाल साउदी अधिकारीहरूले सोधपुछ गरिरहेका छन्।’

    इजरायलका एक वरिष्ठ अधिकारीले पाइलटको साहसले ठुलो दुर्घटना हुनबाट जोगिएको बताए। अन्यथा सन् २००१ मा संयुक्त राज्य अमेरिकामा भएको ९/११ को आक्रमणजस्तै हुन सक्थ्यो। 

    भारतीय सञ्चारमाध्यमका अनुसार फ्लाई दुबईमा सामेल हुनुभन्दा पहिले स्मितले स्पाइसजेटमा ११ वर्षभन्दा बढी समय काम गरेका थिए। जहाँ उनले ९ हजार ५०० घण्टाभन्दा बढी उडान गरे। यसमा उनले ६ हजार ४०० घण्टाभन्दा बढी समय मुख्य पाइलटका रूपमा काम गरे।

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - ११:१०:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij