Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

मौसम पूर्वानुमान

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना


  • 386
    Shares

    आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
    images

    काठमाडौं । मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार, देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लागेको छ । देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    बिहीबार (असोज १५) दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । साथै, देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भू–भागको थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । 

    राति, कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।

    देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र  पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - ०७:५७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij