२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ३० रुपैयाँले बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५१ हजार ४६० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ३ हजार ७९४ रुपैयाँ निर्धारण गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij