Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न

सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न


  • 1.0K
    Shares

    सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न
    images

    काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८३ असोज  १२ गते सोमबारका दिन २२औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

    बैंकका अध्यक्ष श्री तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार २०८३ आषाढ मसान्तको साधारण शेयर पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) र अग्राधिकार शेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सर्वसाधारण  शेयरधनीहरुको तर्फबाट श्री तेज बहादुर चन्द र महेश घिमिरे २२औं वार्षिक साधारणसभाबाट संचालकमा निर्विरोध निर्वाचित भएका छन् ।

    आर्थिक बर्ष २०८२\८३ मा रु. ३.५५ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. २९१.२१ अर्ब, कुल निक्षेप रु. २४९.९३ अर्ब तथा खुद कर्जा सापटी रु २०३.९९ अर्ब रहेको छ । आर्थिक वर्ष २०८१\८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले बृद्धि गरेको छ ।  

    sanima.JPG

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १६:४०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij