२०८३ आश्विन १३ गते मंगलवार
काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ६० हजार कित्ता संस्थापक शेयरधनी चन्द्र इन्भेष्टमेन्टले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि बैंक समक्ष निवेदन पेस गरेअनुसार बैंकले सो शेयर बिक्री गर्न लागेको हो ।
बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्री गर्न लागेको हो ।
सो शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित नारायणहिटीस्थित सिटिजन्स बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।
बैंकले तोकिएको सो समयावधिभित्र बैंकका विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएमा वा पूर्ण रूपमा शेयर बिक्री नभएमा सर्वसाधारणलाई शेयर बिक्री गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij