२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङको भव्य स्वागत गरेका छन्।
ज्वाइन्ट बेस एन्ड्र्युजमा राष्ट्रपति सीलाई रेड कार्पेटसहित सैन्य सम्मान प्रदान गर्दै स्वागत गरिएको थियो। सीको स्वागतका लागि विमानस्थलको रनवेमा करिब १०० फिट लामो रेड कार्पेट बिछ्याइएको थियो।
सीको विमान अवतरण गरेपछि अमेरिकी सेनाका दुई बी–१ बमवर्षक विमानले आकाशमा फ्लाईपास्ट गरेका थिए। बी–१ अमेरिकी सेनाको सुपरसोनिक बमवर्षक विमान हो।
राष्ट्रपति ट्रम्प पत्नी मेलानिया ट्रम्पसहित सी र उनकी पत्नी पेङ लियुआनको स्वागतका लागि विमानस्थल पुगेका थिए। स्वागत समारोहमा दुवै देशका उच्च अधिकारीहरूको पनि सहभागिता थियो।
सी जिनपिङको अमेरिका भ्रमण तीनदिने रहेको छ। उनको स्वागतका लागि ह्वाइट हाउसले विशेष कार्यक्रमसहित भव्य तयारी गरेको छ।
यो भ्रमणका क्रममा ट्रम्प र सीबीच द्विपक्षीय सम्बन्ध, व्यापार तथा अन्य आपसी चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij