२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार फेसबुकमार्फत महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो ।
कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने नारा तय गरेको छ । महाधिवेशन आगामी १६ देखि १९ असोजसम्म आयोजना गर्ने मिति तय गरेको छ।महाधिवेशनअन्तर्गत १० असोजमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन गर्ने कार्यतालिका छ।
महाधिवेशनको तयारीस्वरूप कांग्रेसले विभिन्न तहका अधिवेशन तथा संगठनात्मक गतिविधिलाई अघि बढाइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij