२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। पार्टी विधानमा रहेको १० प्रतिशत मनोनीत गर्ने व्यवस्थाअनुसार उनीहरूलाई केन्द्रीय कमिटीमा समेटिएको हो।
मनोनीत ३३ जनामध्ये १३ जना अन्य राजनीतिक दलबाट एमालेमा आएका नेता रहेका छन्। बाँकी २० जना एमालेभित्रै रहेका नेताहरू हुन्।
मनोनीत हुनेमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नाथुराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, पाल्देन छोपाङ, शान्तिलाल महत, विनोद पाण्डे, प्रेम दङ्गाल, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, श्रीमाया थकाली, जानुका सिंखडा, बिना बास्तोला, कौशिला खत्री र सुरेन्द्र उदास रहेका छन्।
त्यस्तै अन्य पार्टीबाट एमालेमा आएका मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसेन, डिबी कार्की, भवानी खापुङ, दीपक खम्बु, जय गोदे, धर्मराज निरौला, ददी चाम्लिङ, विनोद पहाडी, रामप्रित पासवान, ध्रुव बिष्टलगायत १३ जना पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
एमालेले विधानअनुसार मनोनीत सदस्यमार्फत पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिने प्रक्रिया अघि बढाएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij