२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ पूर्वउपाध्यक्ष ईश्वर पोखरेलसहित सात जना नेता स्थायी कमिटी सदस्यमा मनोनीत भएका छन्।
बिहीबार बसेको एमाले सचिवालय बैठकले पोखरेलसहित पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे, नेताहरू थममाया थापा, शिवमाया तुम्बाहाम्फे, विमला घिमिरे र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।
गत पुसमा सम्पन्न एमालेको ११औँ महाधिवेशनमा पोखरेल अध्यक्ष पदका लागि केपी शर्मा ओलीसँग पराजित भएका थिए। त्यसपछि उनलाई स्थायी कमिटीमा ल्याउने निर्णय भएको हो।
सचिवालयको निर्णयलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले मनोनीत सातै जनाको नाम अनुमोदन गरेको छ। एमाले उपमहासचिव लेखराज भट्टका अनुसार स्थायी कमिटीमा समेटिने बाँकी नेताहरूको नाम भने अर्को बैठकबाट टुंगो लगाइनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij