२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीबाट पारित गराएको राजनीतिक प्रतिवेदनको भाव र सन्देश पार्टीका तल्लो तहसम्म एकरूपताका साथ सम्प्रेषण गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकपछि उपमहासचिव लेखराज भट्टले अध्यक्ष ओलीको प्रतिवेदनले पार्टीभित्र एकताको भावना पैदा गरेको भन्दै त्यसलाई संगठनका सबै तहसम्म पुर्याउने विषयमा छलफल भएको जानकारी दिए।
उनका अनुसार बैठकमा प्रतिवेदनलाई एकरूपताका साथ बुझ्ने र त्यसको सन्देश तल्लो तहसम्म लैजाने विषयमा जोड दिइएको थियो।
सचिवालय बैठकमा केन्द्रीय सदस्य मनोनयनबारे पनि छलफल भएको भट्टले बताए। विशेषगरी पार्टी एकतामार्फत एमालेमा आएका नेताहरूलाई केन्द्रीय कमिटीमा समेट्ने विषयमा छलफल भएको उनको भनाइ छ।
एमालेले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलाई संगठनका तल्लो तहसम्म पुर्याउँदै पार्टीभित्र साझा बुझाइ कायम गर्ने तयारी गरेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij