Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

जेलेन्स्कीले राष्ट्रसंघमा उठाए रुसी सेनामा नेपालीको भर्ती

जेलेन्स्कीले राष्ट्रसंघमा उठाए रुसी सेनामा नेपालीको भर्ती


  • 64
    Shares

    जेलेन्स्कीले राष्ट्रसंघमा उठाए रुसी सेनामा नेपालीको भर्ती
    images

    काठमाडौं । रुसले युक्रेनविरुद्धको युद्धमा नेपाली र भारतीय सहित ४७ देशका नागरिकलाई छल तथा प्रलोभनमार्फत भर्ती गरेर प्रयोग गरिरहेको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आरोप लगाएका छन् ।

    बुधबार संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसले विभिन्न देशका नागरिकलाई भर्ती गरेर रणभूमिमा खटाइरहेको र उनीहरूमध्ये कतिपयले युद्धमा ज्यान गुमाइरहेको बताएका छन् । 

    उनले अन्य देशलाई आफ्ना नागरिकहरूलाई यस्तो प्रक्रियाबाट युद्धमा तानिनबाट रोक्न आग्रहसमेत गरेका छन् ।

    “हामीलाई थाहा छ कि रुसले आफ्नो युद्धमा ४७ देशका नागरिकहरूलाई प्रयोग गरिरहेको छ । नेपाल, भारत, घाना, ताजाकिस्तान, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान, दक्षिण अफ्रिका र अन्य धेरै देशहरूका मानिसहरु छन् । हामीले रणभूमिमा रुसीबाहेकका अन्य मानिसहरू मरेको पनि देखिरहेका छौँ । तपाईंका देशका, ती ४७ देशका मानिसहरू, जो छल र कपटपूर्ण प्रपञ्चमा परेर रुस पुगेका थिए,” जेलेन्स्कीले भने ।

    जेलेन्स्कीले रुसलाई युद्ध जारी राख्ने क्षमता कमजोर बनाउन थप कडा उपाय अपनाउनुपर्ने आह्वानसमेत गरेका छन् ।भारतीय विदेश मन्त्रालयका अनुसार २२७ जना भारतीय नागरिक रुसी सैन्य बलमा भर्ना भएका छन् । तीमध्ये १३९ जनालाई सेवामुक्त गरिसकिएको छ भने ५१ जनाको मृत्यु भइसकेको छ ।

    भारतीय विदेश सचिव विक्रम मिस्रीले सेप्टेम्बरको पहिलो साता नयाँ दिल्लीले रुसमा रहेका आफ्ना नागरिकको रिहाइ तथा स्वदेश फिर्ताका लागि मस्कोसँग निरन्तर छलफल गरिरहेको बताएका थिए ।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १४:०७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij