२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार बिहानदेखि जारी बैठकमा नेताहरूको कार्यविभाजन र केन्द्रीय सदस्यहरूको मनोनयनका बारेमा छलफल हुने बताइएको छ ।
एमालेको ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनीत गर्न बाँकी छ । त्यस्तै स्थायी कमिटी, पोलिटब्युरो, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च र अनुशासन आयोग गठनबारे छलफल हुने भएको छ ।
नेताहरूको कार्यविभाजन र विभिन्न कमिटीमा जिम्मेवारी पाउने नेताहरूको नाममा सचिवालयमा सहमति जुटाएर केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने तयारी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij