Logo

२०८३ आश्विन ८ गते बिहिवार

२०८३ आश्विन ८ गते बिहिवार

देउवा समूहले ५५ जिल्लामा तोक्यो महाधिवेशन संयोजक, कुन जिल्लामा को ?

देउवा समूहले ५५ जिल्लामा तोक्यो महाधिवेशन संयोजक, कुन जिल्लामा को ?


  • 442
    Shares

    देउवा समूहले ५५ जिल्लामा तोक्यो महाधिवेशन संयोजक, कुन जिल्लामा को ?
    images

    काठमाडौं । नेपाली कांग्रेसको समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ५५ जिल्लामा महाधिवेशन संयोजक तोकेको छ ।

    पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिले जिल्ला संयोजक तोकेको हो । कोइरालाले नै हस्ताक्षर गरेर संयोजकहरूलाई पत्र पठाइरहेका छन् ।

    देउवा समूहले असोज १५ गते वडा अधिवेशन गर्ने र मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरिसकेको छ ।

    नेता एनपी साउदका अनुसार कोशी प्रदेशका ८, बागमतीका ११, गण्डकीका ८, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकिएका छन् । मधेस प्रदेशका कुनै पनि जिल्लामा भने अहिलेसम्म संयोजक तोकिएको छैन ।

    बागमतीका ११ जिल्लामा दोलखामा ताराबहादुर खड्का, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जनलाई संयोजक तोकिएको छ ।

    गण्डकीका गोरखामा भुगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुन मगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटी संयोजक बनेका छन् ।

    लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिमका ८ वटै जिल्लामा पनि संयोजक तोकिएको साउदले बताएका छन् । कोशीका आठ जिल्लामा समेत संयोजक तोकिएको छ । मोरङ र उदयपुरमा सहसंयोजकसमेत नियुक्त गरिएको छ ।

    देउवा समूहले तोकेका संयोजकहरूले सम्बन्धित जिल्लामा इतर समूहको महाधिवेशन तयारी तथा आवश्यक संगठनात्मक काम अघि बढाउने जनाइएको छ ।

    प्रकाशित मिति :आश्विन ८ २०८३ बिहिवार - १०:४४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij