२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीमा व्यापक सुधार गर्दै ‘बहुआयामिक पुनर्गठन’ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
केन्द्रीय कमिटी बैठकमा लिखित धारणा प्रस्तुत गर्दै भट्टराईले पार्टीको वर्तमान अवस्थाको समीक्षा गर्दै अध्यक्ष केपी शर्मा ओलीले सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरणका लागि मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्। उनले सहमतिका आधारमा अन्तरिम नेतृत्व चयन गरी राष्ट्रिय प्रतिनिधि परिषद् वा विधान महाधिवेशन बोलाउन प्रस्ताव गरेका छन्।
भट्टराईले पार्टीमा ७० वर्षे उमेरहद र पदाधिकारीका लागि दुई कार्यकालको व्यवस्था पुनः लागू गर्नुपर्ने, गुटबन्दी र नातावाद अन्त्य गरी योग्यता तथा कार्यक्षमताका आधारमा जिम्मेवारी दिनुपर्ने सुझाव दिएका छन्। साथै, युवा पुस्तासँग संवाद बढाउँदै जेनजी युवालाई पार्टीको मूलधारमा सहभागी गराउनुपर्ने उनको प्रस्ताव छ।
भदौ २३ र २४ गतेका घटनाबारे निष्पक्ष छानबिन गर्न सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने मागसमेत उनले गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij