Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

नेपालले खोल्यो पदकको खाता, तेन्जिङले करातेमा जिते कास्य

नेपालले खोल्यो पदकको खाता, तेन्जिङले करातेमा जिते कास्य


  • 393
    Shares

    नेपालले खोल्यो पदकको खाता, तेन्जिङले करातेमा जिते कास्य
    images

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन् ।

    टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा रोकिएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

    कास्य पदकको भिडन्तमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ को प्रभावशाली स्कोरमा पराजित गरे ।

    तेन्जिङको जितसँगै जारी एसियाली खेलकुदमा नेपालको पदक खाता खुलेको छ । यो नेपालका लागि प्रतियोगिताको पहिलो पदक हो ।

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - १२:०९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij