Logo

२०८३ आश्विन ७ गते बुधवार

२०८३ आश्विन ७ गते बुधवार

एसियाडमा नेपालको पहिलो जित, बक्सिङमा खगेन्द्रले हराए मकाउका खेलाडी

एसियाडमा नेपालको पहिलो जित, बक्सिङमा खगेन्द्रले हराए मकाउका खेलाडी


  • 379
    Shares

    एसियाडमा नेपालको पहिलो जित, बक्सिङमा खगेन्द्रले हराए मकाउका खेलाडी
    images

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो जित हात पारेको छ । बक्सिङतर्फ ६० केजी तौल समूहमा नेपाली खेलाडी खगेन्द्र रोका मगरले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई पराजित गरेका हुन् ।

    निशिओ जिम्न्यासियममा बुधबार भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले मकाउका सालिनासलाई ५–० को स्कोरमा हराए । जारी एसियाडमा नेपाली खेलाडीले हात पारेको यो पहिलो जित हो ।

    यसैबीच नेपालले बुधबार विभिन्न सात खेलमा प्रतिस्पर्धा गर्दैछ । आजको मुख्य आकर्षण महिला कबड्डी टोलीको खेल रहेको छ । समूह ‘बी’अन्तर्गत नेपालले चिनियाँ ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार अपराह्न ४ः३० बजे सुरु हुनेछ ।

    समूह ‘बी’मा नेपालसँगै चिनियाँ ताइपेई, श्रीलङ्का र थाइल्यान्ड रहेका छन् । समूह चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपालले यसअघि समूहको पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरिसकेको छ ।

    सन् २०१९ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो । यसपटक पनि टोलीबाट पदकको अपेक्षा गरिएको छ ।

    कबड्डीसँगै नेपालले बुधबार पौडी, कराते, स्क्वास, टेबलटेनिस र उसुमा पनि प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा नेपालले अहिलेसम्म पदक भने जित्न सकेको छैन ।

    राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताका अनुसार यसपटक नेपालबाट २१ खेलमा १३५ जना खेलाडीले सहभागिता जनाएका छन् ।

    प्रकाशित मिति :आश्विन ७ २०८३ बुधवार - ११:०२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij