Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

रास्वपा सांसदको टिप्पणीले संसद्मा उठायो नियमापत्ति

रास्वपा सांसदको टिप्पणीले संसद्मा उठायो नियमापत्ति


  • 295
    Shares

    रास्वपा सांसदको टिप्पणीले संसद्मा उठायो नियमापत्ति
    images

    काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय चलिरहेको बेलामा नियमापत्तिमाथि नियमापत्ति भएको छ । 

    विशेष समयमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले धारणा राखे । उनले नेपालको न्यायालयले दुई तिहाइको सरकारलाई काम गर्न नदिएको बताएका छन् । 

    सुधारका काम गर्ने सरकारको प्रयासमा अदालतले ब्रेक लगाएकाले अदालतले परिवर्तनलाई आत्मसाथ नगरेको बताएका छन् । ट्रेड युनियन, क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनलाई कानुन बनाएर हटाउन खोज्दा अदालतले रोकेको उनको भनाइ थियो । 

    त्यसमा एमाले सांसद गुरु बरालले नियमापत्ति जनाएका छन् । उनले न्यायालयको काममाथि प्रश्न उठाउन नपाइने बताउँदै यो न्यौपानेको अदालतलाई आक्षेप लगाएको विषय रेकर्डबाट हटाउन माग गरेका छन् । 

     

     

    प्रकाशित मिति :आश्विन ६ २०८३ मंगलवार - १५:२२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij